विमल लामिछाने

सलक्क हुर्किएको मेरो जवानी देखेपछि

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तिमीले ¥याल काड्नु स्वभाविकै थियो

नजिकै आयौ र मेरा नरम हातहरु च्याप्प समायौ

हुर्किदै गरेको मेरो पहाड र मधेश सवै चलायौ

उन्माद बैशमा मपनि अनमत्त रहेछु

पटक पटक सुम्सुम्यायौ, पाप र धर्मको कसम खायौ

अतितमा सँगै खेलेको र जुठो खाएको साइनो केलाउँदै

सँगै जीउने बाचा गरायौं

अनि, किस्स मेरा गाला टोक्तै मलाई उत्तेजक बनायौ,

तिम्रो कसमलाइ मैले विश्वास गरिसकेकी थिएँ,

तर, अर्कैसँग तिमीले गरेको लसपसमा

तिम्रो भ्रुण हुर्किसकेको रहेछ

मात्र तिम्रो मिसन पूरा गर्न

आलिसान महलको क्याविन कोठाभित्रै

प्रेसको लोगो सिरानी लगाएर

मलाइ बलात्कार गरेछौ ।

खवरदार,

म तिमीलाइ कानुनी कठघरामा अवश्य उभ्याउनेछु

र कानुनी भाषामा नै तिमीलाइ फेरि निम्तो गर्नेछु

‘ आऊ छात्ती खुल्ला छ,

म फरिया खोलिदिन्छ, ’

सक्छौभने आऊ, प्रसको लोगो सिरानी लगाएर

फेरि एकपटक मलाइ बलात्कार गरेर देखाऊ । ।

कबि लामिछाने पिपुल्सटाइम्स दैनिकका सम्पादक हुन