भरतपुर, २० फागुन । गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णस्थललाई जस्ताले घेर्न फलामका खम्बा राखिँदै थियो ।
मिस्त्री र कामदारहरू काममा लागिरहेका थिए। सिमेन्टको मसला बोक्दै फलामको पोल गाढिरहँदा एक युवा मसला बोक्न थाले। मसला बोक्न कस्सिएका युवाको अनुहार देखेपछि कामदार अचम्ममा परे । टेलिभिजनको पर्दामा देखिएको मनपर्ने कलाकार ‘धुर्मससँगै सिमेन्टको मसला बोक्दा उनीहरू दंग परे । आइतबार निमार्णस्थल पुगेका धुर्मुस देखेर कामदार अचम्मित बने । निरीक्षणका लागि पुगेका धुर्मुस कामदारसँगै काममा लागे ।
रंगशाला निमार्ण अवलोकन गर्न उनी यहाँ आएका हुन् । उनले निमार्ण प्रगतिबारे जानकारी लिए । रंगशाला बन्ने कुराले उत्साहित स्थानीयबाट धुर्मुस घेरिएका थिए । आफ्नो गाँउमा ठूलो योजना ल्याएको भन्दै धुर्मुसलाई गाउँलेले धन्यवाद पनि दिए । उनले स्थानीयलाई रंगशाला निमार्ण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह गरे। आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका थिए । ‘म तपाईहरूसँगै ईंटा बोक्ने हो, भारी बोक्ने हो’, उनले भने । भरतपुर महानगरपालिका–१६ स्थित शान्ति चोकमा रंगशाला निमार्ण गर्न लागिएको छ । रंगशाला निमार्णमा खटिने कामदारका लागि आवास र सामान राख्न गोदाम बनाउन लागिएको छ । रंगशालाको साइट अफिस स्थापना गरिएको छ । कट्टेल दिनभर कार्यालय बसेर भेटघाट गरे । कार्यालयमा स्थानीय बिहान बेलुका जम्मा हुने गर्छन् ।
निमार्ण स्थलमा विभिन्न संघसंस्थाले श्रमदान समेत गर्न थालेका छन् । अहिले निमार्णस्थलको लागि छुट्टाइएको जग्गालाई घेर्न लागिएको छ । रंगशालाको गुरूयोजना र डिजाइनको काम अगाडी बढेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए । उनका अनुसार अहिलेसम्म साढे पाँच करोड सहयोग संकलन भएको छ ।
३५ विधाका खेलका लागि एकेडेमी सञ्चालन गर्ने उद्देश्यले रंगशाला निमार्ण गर्न लागिएको उनले बताए । केही दिनअघि फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिर फिल्डमा थिइन् । नेपालको तीन करोड जनताको आँटकै आधारमा क्रिकेट रंगाशाला निर्माण हुन लागेको भन्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग गरिदिन उनले आग्रह गरिन् ।
‘एउटा साधारण व्यक्तिले देखेको सपना हो यो, त्यसैले सबै मिलेर सपना साकार पार्ने हो’, उनले भनिन्, ‘एउटा बाटोमात्रै पिच हुँदा त्यसले कति विकास ल्याउँछ भन्ने कुरा त प्रष्टै छ । हामी विदेशी खेलाडी ल्याएर खेलाउने सपना देखिरहेका छौं । अन्नपूर्ण पोष्टबाट










