काठमाडौं -नेपाली सेना दिवस तथा महाशिवरात्रिका अवसरमा टुँडिखेलमा 'फ्री-फल जम्प' प्रदर्शन गर्ने क्रममा दुर्घटना हुँदा सेनाका एक जवान घाइते भएका छन् ।
प्यारासुटबाट देखाइएको उक्त जम्प ल्याण्डिङका क्रममा दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएका पूर्णबहादुर भण्डारीको वीर अस्पतालमा उपचार भइरहेको छ । घाइते होशमै र सामान्य अवस्थामा रहेको उद्घोष सेनाले कार्यक्रममै गरेको छ ।
सेना दिवसको विशेष कार्यक्रममा सेनाले विभिन्न कला देखाइरहेको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी छन् ।










