काठमाडौं । गला अवरुद्ध थियो । बोल्न कति पनि ढाडस थिएन । सबैको आग्रहले सकिनसकी रोस्टम अगाडि उभिनुभयो । कतिबेरसम्म बोली नै फुटेन । आँखाका आँशु रित्तिएछन् । मात्रै बोली अवरुद्ध पार्दै बोलिरहनु भएको थियो । स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराई बोलिरहँदा सबैका आँखा रसाए ।
शोकमग्न बनेको परिवारलाई ढाडस दिन गण्डकी प्रदेशमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा बोल्दै विद्या भट्टराईले स्वर्गीय अधिकारीको अधुरा सपना पुरा गर्ने बताउनु भएको थियो । पार्टी, शुभेच्छुक, जनमानसले दिएको माया र साथले परिवार केही भएपनि सम्हालिन सकेको उहाँको भनाइ थियो । उहाँ बोलिरहँदा र धैर्यतालाई तठस्थ बनाइरहँदा अरुका आँखामा टिलपिल आँशु झरिरहेका थिए ।
भिडियोमा हेर्नुहोस्ः
https://youtu.be/p98UECvcOXo









