काठमाडौं, २२ फागुन । आफ्नी आमाको अवस्था चिन्ताजनक भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कने भएका छन् । डेढ महिनादेखि पूर्वी तराईमा रहेका पूर्वराजा ज्ञानेन्द्र बुधबार काठमाडौं आउन लागेको निर्मल निवास स्रोतले बतायो ।

रत्नराज्यलक्ष्मी शाहलाई मंगलबार नर्भिकमा भर्ना गरिएपछि पूर्वराजा ज्ञानेन्द्रले आफ्रनो भ्रमण स्थगित गरी काठमाडौं फर्कन लागेका हुन् । यसअघि उनी चैतमा मात्र काठमाडौं फर्किने कार्यतालिका थियो । पूर्वराजा आज (बुधबार) वीरगन्ज जाने तयारी थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वीरगञ्ज हिन्दु धर्म बाहुल्य रहेको जिल्ला हो । २३ फागुनमा सप्तरी, २४ फागुनमा जनकपुरधाम पुगेर रामजानकी मन्दिरमा पूजाअर्चना गर्ने उनको कार्यक्रम तय भएको थियो । २५ फागुनमा उदयपुर जाने र २६ फागुनमा सप्तरी हुँदै फेरि झापा नै फर्कने कार्यक्रम थियो ।

अनौपचारिक रूपमा मोरङ, सुनसरी र झापालगायतका ठाउँमा भ्रमण र विभिन्न गोप्य भेटमा रहेका उनको तराई भ्रमणको औपचारिक मिति तय भएको थियो । १३ माघमा पत्नी कोमलसहित बाराको सिमरा उत्रिएका उनी करिब दुई हप्ता त्यहाँ बिताएर २४ माघमा पूर्वी नेपालको झापा पुगेका थिए ।