थारु संघसंस्थाहरुले जिल्ला अदालत कैलालीले आज जन्मकैदको सजाय सुनाएका निलम्बित सासंद रेशमलाल चौधरी सहितका ११ जनालाई निशर्त रिहाईको माग गरको छन्। थरुहट÷थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा भएको टीकापुर घटनामा दोषी ठहर गर्दै अदालतले जन्मकैदको सजाय सुनाएपछि उनीहरुको मुद्दालाई राजनीतिक मुद्दाको रुपमा लिएर निशर्त रिहाई गर्न माग गरिएको हो।

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली, कञ्चनपुर, थारु कल्याणकारीणी सभा कैलाली र कञ्चनपुरले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन्। विज्ञप्तीमा सामाजिक सद्भाव कायम गर्ने भए जन्मकैदको सजाय सुनाएका सांसद रेशमलाल चौधरी सहितका ११ जनालाई निशर्त हिराई गर्ने वातावरण बनाउन सरकारसँग माग गरिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड