ज्योति कुमार पन्थी बर्दिया ,गुलरिया । बर्दिया क्षेत्र नं.१मा प्रदेशसभाका सांसदको घरमा प्रहरीले छापा मारेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरीबाट खटिएको टोलीले नेपाली कांग्रेसबाट निर्वाचित बर्दिया जिल्ला क्षेत्र नं। १ का प्रदेश सभा सदस्य भुवनेश्वर चौधरीको घरमा मंगलबार राति छापा मारेको हो ।
ईलाका प्रहरी कार्यालय मैनापोखरको गाडीमा गएका सिविल प्रहरीले चौधरीको घरमा छापा मारेको हो । रातिको १०ः२५ बजे साझा पोशाकमा गएका प्रहरीले हामी सि.आई. बीका कर्मचारी हौ ढोका खोल्नुस भन्दै जवर जस्ती ढोका खोल्न लगाएर घरको खानतलासी गरेको प्रदेश सभा सदस्य चौधरीले बताउनु भयो ।
सांसद चौधरीले भन्नुभयो,म मिटिङका लागि बुटवलमा आएको थिए घरमा श्रीमती मात्र थिईन घरमा कोही छैन भन्दा पनि सिआईबीको कर्मचारी भएको भन्दै ढोका खोल्न लगाए र ५, ६ जनाको समुह जवरजस्ती घर भित्र प्रवेश गरेर खान तलासी गरे किन गरेको भनि प्रश्न गर्दा उत्तर नदिई फर्किएको चौधरीले आरोप छ । उहाँले देशमा आतंक बढेको बताउँदै सांसदको घरमा छापा मार्न पुग्ने प्रहरीले जनतालाई कसरी न्याय दिन्छन भन्दै तत्काल पार्टीले यसको बारेमा कुरा गर्ने समेत बताउनु भयो ।
प्रहरीले नेपाली कांग्रेसका तर्फबाट बर्दिया क्षेत्र नं। १ बाट निर्वाचित प्रदेश सभा सदस्य भुवनेस्वर चौधरीको घरमा गए राति छापा मारे पछि नेपाल कांग्रेस बर्दियाको कार्य सम्पादन समितिको बैठक बसी घटनाको निन्दा गरेको छ । सचिव जिवन मल्लले गम्भिर आपत्ती प्रकट गर्नु भएको हो ।
प्रहरी जस्तो संवेदनशिल निकायले यसरी सांसद जस्तो व्यक्तिको घरमा गएर अनुसन्धानको कर्मचारी हौ भन्दै छापा मार्नु गलत मानसिकता भएको बताउनु भयो । यसै बिच ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक लक्ष्मण ओलीले प्रहरीले छापा मारेको स्विकार गर्दै आफ्ना कर्मचारीहरुबाट गल्ती भएको हुन सक्ने र अव आफु सांसदको घरमा गए पछि मात्र त्यो सवै जानकारी हुने बताउनु भयो ।
उहाँले टयाक्टर दुर्घटनामा सलग्न डाईभर भागेका कारण खोज्न गएको समेत बताउनु भयो । यसै बीच ईलाका प्रहरी कार्यालय मैनापोखरले सांसद चौधरीको घरमा छापा मारेको बिषयबारे बुझदा जिल्ला प्रशासन कार्याल्य बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कु्ररुगवागले यसबारेमा आफुलाई कुनै जानकारी नभएको बताउनुभयो । यसैबिच नेपाली कांग्रेस बर्दियाले घटनाको विरोधमा प्रमुख जिल्ला अधिकारीलाई बुधबार घटनाको छानबिन गर्न माग गर्दै ज्ञापन पत्र समेत बुझायको छ ।
न्यूज २४ नेपाल बाट










