पूर्व मुमा वडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह सरकारको स्वास्थ्य स्थितिमा सुधार हुँदै गएको छ ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार शाहको स्वास्थ्य स्थिर रहेको र स्वास्थ्य अवस्थामा आशातीत सुधार देखिएको बताएका छन् ।
गत सातादेखि रुघा, खोकी लगायतका कारण अस्वस्थ ९१ बर्षीय पूर्व बडामहारानीलाई मंगलबार नर्भिक अस्पतालमा भर्ना भएकी थिइन् ।
शाहलाई पातलो दिशा हुने र पिसाब कम हुने समस्या पनि देखिएको हुँदा अस्पतालमा भर्ना गर्नुपरेको अस्पतालले बताएको छ ।
उनको डा खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे र डा ब्रजेन्द्र श्रीबास्तवको प्रत्यक्ष रेखदेखमा उपचार भइरहेको छ ।
यता, आमा बिरामी परेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको पूर्वनिर्धारित मध्य तराईको भ्रमण स्थगित गरेका छन् ।










