समाजलाई उद्यमशील बनाउने लक्षका साथ सफल उद्यमी हरुका उत्प्रेरणात्मक कथा सुन्ने र प्रेरित हुने अवसर उद्यमशील बहस नामक कार्यक्रम मार्फत दमक पब्लिक लाइब्रेरीले जुटाउदै आएको छ। पाँचौ चरणमा आइपुगेको उक्त कार्यक्रम मा यसपटक नेपालका सफल चर्चित कलाकार , संगितज्ञ, उद्यमी , इभेन्ट म्यानेजर साथै नेपाल एयरलाइन्सका क्याप्टेन (पाइलट) बिजय लामा आउदै हुनुहुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लामा युवाहरूको निम्ति उत्प्रेरक बक्ता समेत हुनुहुन्छ । देशप्रेमी लामा सग प्रत्यक्ष अन्तर्कृया गर्न पाइने उक्त कार्यक्रम यहि फाल्गुन २५ गते दिनको ठिक २:३० बजे दमकस्थित होटल कात्यायनी इनको हलमा हुन गइरहेको जानकारी उक्त कार्यक्रमका संयोजक सुवास सुवेदीले जानकारी दिए। टिकट

उनले थपे, " यो कार्यक्रम मार्फत उद्यमी बन्न चाहने युवाहरूलाई लक्षित गरेर हामीले उत्कृष्ट योजना भएर पनि लगानीको समस्या भोगिरहेका हरुलाइ लगानीको बाताबरण बनाउने योजना समेत बनाइरहेका छौं । छिट्टै नै केही योजना हरुमा काम शुरु हुनेछ । उत्कृष्ट योजना भएका साथीहरू साथै लगानी गर्न चाहनेहरुलाइ जोड्ने आधार बनाउदै गरेकोले यस कार्यक्रम समाजकै निम्ति एक महत्त्वपूर्ण कार्यक्रम बन्ने कुरामा हामी आशावादी छौं ।"