दमक/झापाको हल्दिवारीमा राम्रो काम गरेर चर्चामा आएका हल्दिबारी गाँउपालिकाका प्रमुख कार्यकारी अधिकृत सन्तोष घिमिरेको कर्मचारी संगठनका नेताको भाइ ल्याउनका लागि सरुवा गराईएको खुलेको छ ।

अधिकाँश स्थानीय तहमा कम्तिमा पनि असार मसान्तसम्म साविककै कार्यकारी अधिकृत राख्ने भनिएता पनि दबाबमा उनको सरुवा भएको श्रोतको भनाइ छ । रात विहान नभनी जिल्लामा सबैभन्दा बढि ऐन, कार्यविधि र नीति नियम बनाउने कार्यकारी अधिकृतलाइ हटाएर अन्याय भएको गाँउपालिका उपाध्यक्ष डम्बर गिरीले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भने, यदि यो निर्णय कार्यन्वयन भयो भने घिमिरेमाथी अन्याय हुन्छ र यो निर्णय सच्चिनेमा आशाबादी छौ । हल्दिवारीमा नेपाल निजामती कर्मचारी आधिकारीक ट्रेड युनियन झापाका अध्यक्ष लक्ष्मी गुरागाईका थपक्कै आफ्नै भाइ  चित्रप्रसाद गुरागाइलाइ ल्याएको भन्ने चर्चा छ ।

एकपछि अर्को गर्दै गाँउपालिकामा राम्रो काम आएको र यसमा घिमिरेको भुमिका रहेको भन्दै जनप्रतिनिधिहरुले घिमिरेको सरुवा रोकिनु पर्ने माग अघि सारेकाहुन् । हामी नियमित सरुवामा केहि भन्दिनउ तर यो नियोजित तवरले गलत आशयका साथ सरुवा भएकाले विरोध गरेका हौ, जनप्रतिनिधिहरुको भनाइ छ ।

यसले चालु कार्यक्रमहरुमा असर पर्ने र हल्दिवारीको सम्बृद्धिलाइ रोक्ने भन्दै यस्तो नगर्न सम्ब न्धित मन्त्रालयमा पनि गाँउपालिका अध्यक्ष रबिन्द्र लिङ्देन र उपाध्यक्ष डम्बर गिरीले पत्रचार समेत गरेकाछन् ।