काठमाडौँ– धेरैजसो मोटरसाइकल दुर्घटनामा पछाडी सवार यात्रुहरुको ज्यान जाने गरेको छ। दुर्घटनाको क्रममा शरीरकै संवेदनशिल मानिने टाउकोमा चोट पुगेर अधिकांशले ज्यान गुमाउने गरेका छन्। Nepal police HQ Let’s Make compulsory helmets For all Riders भन्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको हेल्लो सरकारमा परेको उजुरीको सम्बन्धमा सरोकारवाला निकायसँग समन्वय गरी मोटरसाइकल चालक र पछाडी सवारले पनि हेल्मेट प्रयोग गर्ने व्यवस्था मिलाउन भन्दै पत्राचार गरिएको हो।

पछाडी बसेर यात्रा गर्नेहरुले पनि हेल्मेट लगाउनाले मृत्युको जोखिम कम हुने भन्दै जिल्ला ट्राफिक कार्यलयले जिल्ला प्रशासन कार्यालय चितवनलाई पत्राचार गरेको छ।प्रहरी प्रधान कार्यालय कार्य विभाग राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयबाट प्राप्त भएको तालुकको आधारमा जिल्ला ट्राफिक कार्यलयले जिल्ला प्रशासन कार्यालय चितवनलाई बोधार्थ गराएको हो।सवारी तथा यातायात व्यवस्था ऐन २०४९को दफा १३०(२) मा पनि मोटरसाइकल चालक र पछाडी सवारले हेल्मेट प्रयोग गर्नुपर्ने प्रावधान गरेको हुँदा ट्राफिक कार्यलयले कार्योनयनको पहिलो चरणको शुरुवात गरेको हो।