दमक/ हसिलो अनुहार अनि मिजासिलो ब्यवहार । एकपटक भेट भएपछि उसलाइ चिन्न सक्ने क्षमता ।
सामाजिक कामलाइ आफ्नो कर्तब्य ठान्ने उनको पहिचान लायन्सकर्मीहरुमाझ नौलो छैन । उनको नाम हो रेवत कार्की ।
लायन्समा निरन्तर सक्रिय उनि अब ३२५ ए १ को डिस्ट्रिक गर्वनरको लायनमा आउने भएकाछन् ।
लायन्स क्लब अफ विराटनगर एक्टिभका चार्टर प्रेसिडेन्ट रहेका उनलाइ सेकेण्ड भाइस डिस्ट्रिक गभर्नरको पदमा अघि सारिएको छ ।
पुर्वका लायन्स क्लव तथा लायन्सकर्मीहरुको तर्फबाट उनलाइ साझा उम्मेद्वारको रुपमा हेरिएको छ ।
लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए १ का डिस्ट्रिक क्याबिनेट सेक्रेटरी ।रहेका रेवत कार्कीले सेकेण्ड भाइस डिस्ट्रिक गभर्नरको पदमा उम्मेदवारी घोषणा गरेसंगै उनको चर्चा चुलिएको छ ।
उनको योगदान र लायन्सकर्मीहरुमाझ लोकप्रीयताले उनी सर्वसम्मत बन्ने अवस्था रहेको पनि लायन्स लिडरहरुको भनाइ छ ।
केहि दिन अघि दमकमा भएको एउटा भेलामा यस क्षेत्रका क्लवहरुले शतप्रतिशत आफुहरुको समर्थन कार्कीलाइ भएको बताएका थिए ।











