दमक/ आउदो चैत्रको तेश्रो सातादेखि झापाको लखनपुरस्थित आदिवासी रङशालामा जिल्लास्तरिय फूटबल प्रतियोगिता हुने भएको छ । स्थानीय नन्द–चन्द्रकुमारी आङदेम्बे स्मृति प्रतिष्ठानको आयोजनामा चैत्र २० गतेदेखि ३० गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतिष्ठानले सोमबार दमकमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारीका बारेमा जानकारी दिएको हो । प्रतिष्ठानका अध्यक्ष गणेश आङदेम्बेले लखनपुरकै ठुलो धनराशीको उक्त प्रतियोगिता समपन्न गर्न आवश्यक तयारी भईरहेको जानकारी दिए । प्रतियोगिताका विजेता टिमले नगद १ लाख ,उपविजेताले नगद ५० हजार , ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष आङदेम्बेले बताए । उनले प्रतियोगिता भव्यताका साथ सम्पन्न आन्तरिक रुपमा प्रचारप्रसार, आर्थिक उपसमिति गठन गरि काम थालिएको बताए । प्रतिष्ठानका सचिव विष्णु सुब्बाले प्रतिष्ठानले आफनो अक्षयकोष स्थापना गर्न सहयोग जुटाउन तथा मोफसलको फूटबल खेललाई प्रोत्साहित गर्ने मुख्य उद्देश्यले सो प्रतियोगिता आयोजना गर्न लागिएको जनाए । प्रतियोगितामा जिल्लाका १६ वटा विभिन्न फूटबल क्लवहरुको सहभागिता रहने जनाईएको छ ।
लखनपुरमा एकलाख पूरुस्कार राशिको फूटवल प्रतियोगिता
सवाल नेपालसंवाददातासोमबार, १४ फागुन २०७३

लखनपुरमा एकलाख पूरुस्कार राशिको फूटवल प्रतियोगिता
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



