बेसींसहर – लमजुङमा एक युवाले भेटेजतिलाई चिर्पट प्रहार गर्दा दर्जनौँ घाइते भएका छन् । लमजुङको मर्स्याङ्दी गाउँपालिका(९ पामचोकमा एक सन्की युवाले भेटेजतिलाई खुर्पा र धारिलो हतियार प्रहार गर्दा दर्जनौँ घाइते भएका हुन् । हतियार प्रहार गर्दै हिँड्ने मर्स्याङ्दीकै सेग्लेका रामबहादुर विश्वकर्मा रहेका छन् । उनले भेटेजतिलाई खुर्पा र धारिलो हतियार प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार चिर्पट प्रहार गर्दा ७ जना भन्दा धेरै घाइते भएका छन् ।चिर्पट हान्दा स्थानीय गोपाल भण्डारी, उनकी पत्नी लक्ष्मी, बुद्धिबहादुर थापा, शिला खड्का, रेखु भण्डारी लगायत घाइते भएको स्थानीयले जानकारी दिएका छन् । घाइतेहरुलाई उपचारका लागि एम्बुलेन्समा बेसीसहर ल्याइएको छ। घटनामा गम्भीर घाइते भएकाहरुमा गोपाल भण्डारी, उनकी पत्नी लक्ष्मी भण्डारी र बुद्विबहादुर थापा रहेका छन् । उनीहरुलाइ उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । चिर्पट हान्‍ने युवालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड