नेपाली कांग्रेसले स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतसँग सरकारले आज गरेको सहमतिलाई स्वागतयोग्य काम भनेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै नेपालको अखण्डताको जगमा आन्तरिक विमतिहरुको शान्तिपूर्ण हल खोज्ने राष्ट्रिय प्रयत्न जायज रहेको पनि बताएका छन् । शर्माले अहिंसा, सद्भाव र सहकार्यबाटै देशलाई अगाडि बढाउनु जरुरी रहेको बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘अनेक रंगको अतिवादबाट विगतदेखि नै क्रमशः मुक्ति हासिल गरिरहेको देशलाई ‘सबैको र समृद्ध’ बनाउने तीन मन्त्र अहिंसा, सद्भाव र सहकार्य नै हो,’ उनले भनेका छन् ।