बैतडी- बैतडीको पाटन तनावग्रस्त बनेको छ । शनिवार ग्रेडर दुर्घटना हुँदा दुर्घटनामा स्थानीय पुणानन्द पाण्डेको मृत्यु भएको विषयलाई लिएर स्थानीयले आन्दोलन गरेका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले अश्रग्यास र हवाई फायर गरेको प्रहरी इन्सपेक्टर दीपक पातलीले बताए ।

'हिजोको दुर्घटनालाई लिएर स्थानीयवासीले आन्दोलन गरेका थिए, भिड नियन्त्रणमा लिन हामीले अश्रुग्यास र हवाई फायर गरेका हौं,' इन्सपेक्टर पातलीले भने, 'यति राउण्ड हवाई फायर भो भन्ने हिसाब गरेका छैनौं ।'

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार अहिले भिड नियन्त्रण भइसकेको छ ।