काठमाडौं । ररिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् लोकप्रिय पत्रकार ऋषि धमला आफ्नै कार दुर्घटनामा परेका छन् । बिहान लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर जाने क्रममा दुर्घटना भएको हो ।
रेडियो जाने क्रममा आज बिहान करिव साढे पाँच बजे विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल धमलाको कारमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् भने धमला सामान्य घाइते भएका छन् । अहिले उनी दुर्घटनापछि आफ्नै निवास फर्किएका छन् ।
सामान्य उपचार पछि घर फर्किएका ऋषि धमला मिडियामा देखिएका छन् । आफ्नो अवस्था सामान्य रहेको भए पनि कार चालक र मोटरसाइकल चालक भने घाईते रहेको उनी बताउँछन् । धमला यो सम्म चौथो ठुलो दुर्घटनाबाट बाँचेको बताउँछन् । कार चालकको कमजोरी कि मोटरसाइकल चालकको भन्ने प्रश्नमा भने धमला यसो भन्छन् ...
https://youtu.be/xMaoZonOP_4









