फागुन ९ गते सोमबार बेलुकी लैनचौर स्थित इण्डिया हाउसमा भारतीय सहायक राजदूत बिनय कुमारले आफ्ना हाकिम राजदूत रञ्जित रेको बिदाई कार्यक्रम आयोजना गरे । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, ब्यापारी, सरकारी कर्मचारी, सम्पादक लगायतलाई पाहुना बोलाइएको थियो ।  आफ्नो साढे तीन बर्षे कार्यकालमा सञ्चार माध्यमसँग प्रायः मित्रवत देखिने राजदूत रे त्यसदिन भने सम्पादकसँग सुरुमा तर्किने र पछि त झर्किने नै गर्न थाले । कारण रहेछ उही बिजुली ।

उक्त दिन अरु सम्पादकसँग खासै कुरा नगरेका रे कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र कान्तिपुर पब्लिकेशनकै अंग्रेजी सह–प्रकाशन काठमान्डू पोष्टका प्रधान सम्पादक अखिलेश उपाध्यायसँग भने कुरा गर्न तयार भए । तर उनले लोडसेडिङ हटेको जस आफूलाई नदिइएको आक्रोशबाट कुरा सुरु गरे । नेपालका पत्रकारले तथ्यमा ध्यान नदिएको उनले गुनासो गरे । भारतबाट ४०० मेगावाट बिजुली  आएकाले लोडसेडिङ हटेको तथ्य बुझ पचाएर कुलमान घिसिङलाई श्रेय दिएको भन्दै रेले नेपाली र बिदेशी पत्रकारको आलोचना गरे । सम्पादक अखिलेश उपाध्यायले यसबारे फागुन १६ गते काठमाडौँ  पोष्टको आफ्नो लेखमा खुलासा गरेका छन् । (हेर्नुस् उपाध्यायको लेख)

बिजुली कथा यत्तिकै सकिंदैन । फागुन १५ गते आइतबार होटेल हिमालयमा रेलाई विदाई गर्न आयोजित अर्को पार्टीमा यसबारे अतिरिक्त चर्चा भयो । तराइमा काम गर्ने एनजीओका तर्फबाट बिजय कान्त कर्ण, दीपेन्द्र झा र तुलानारायण साहले आयोजना गरेको उक्त पार्टीमा मधेस केन्द्रित दलका मुख्य नेता, आयोजक त्रय, सिके लाल सहित करीब ५० जनाको सहभागिता थियो । यहाँ पनि उपस्थितहरु  बीच बिजुलीबारे राम्रै चर्चा भयो । एकथरिको सुझाब थियो– बिजुली भारतबाटै ल्याए पनि प्रचण्डलाई लोडसेडिङ हटाएको जस दिनाले नाकाबन्दीबाट बिग्रेको भारतीय छबि सुधार्न सकिएन, त्यसैले मिडियासँग केही कुरा गर्नु पर्यो । अर्काथरिको राय थियो– कुलमानले केही अनलाइन सम्पादकलाई पूरा पैसा पेलेको छ, त्यसैले बनावटी कहानी लेख्छन् ।

राजदूत रे भने गत साल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री  केपी शर्मा ओलीले संयुक्त रुपमा स्विच थिचेर बिद्युत आयात सुरुवात गरेको समेत नेपाली पत्रकारले बिर्सेर हिंडेको बताइरहेका थिए । ‘नेपालको जम्मा उत्पादनबाट अहिले ५०० मेगावाट बिजुली पनि निस्केको छैन, भारतबाट ४०० मेगावाट नआउने हो भने कुलमानले कहाँबाट लोडसेडिङ हटाउने ?’ राजदूत रेको प्रश्न थियो ।

उसो त भारतीय मिडियाबाटै बिजुलीबारे प्रचार नगरिएको पनि होइन । गत जनवरी १ तारिख (पुस १७ गते) हिन्दुस्तान टाइम्समा भारतीय उर्जा मन्त्रालयको बिज्ञप्तिमा आधारित समाचार लेखाइयो– भारतले बिजुली दिएपछि नेपालमा १० बर्ष पछि लोडसेडिङ बिहीन नयाँ बर्ष । तर, त्यो समाचारले खासै माइलेज लिएन । (हेर्नुस् हिन्दुस्तान टाइम्सको समाचार)

अहिले मुजफ्फरपुर–ढल्केबर प्रसारण लाइन हुँदै भारतबाट बिजुली आयात गरेको भए पनि खासमा यहाँबाट अरुण तेस्रो पूरा भएपछि भारततर्फÞ बिजुली निकासी हुने हो । अरुणको बिजुली भारतलाई बेच्ने सर्तमा नै उक्त आयोजना निर्माण हुन लागेको हो । करीब ५ बर्षमा अरुण तेस्रो पूरा हुन्जेल नेपालमा थप आयोजना सम्पन्न भई लोडसेडिङ पूर्ण रुपमा अन्त्य हुने अपेक्षा छ ।

बिजुलीबारे कुलमान र  भारतको परस्पर बिरोधी दावी यसरी सतहमा देखिएको छ र नेपाली पत्रकारले आफ्नो पक्ष नलिएकोमा राजदूत रे रुष्ट रहेछन् भन्ने तथ्य उनको कार्यकालको अन्त्यमा खुलेको छ ।  सायद उनको अपेक्षा थियो नाकाबन्दीमा गुमेको सम्मान नेपाललाई बिजुली बेचेपछि फर्किने छ । तर बिजुलीमा नेपाल र भारत बीचको सम्बन्ध पालाको पैंचो जस्तै हो । यो बर्ष नेपालले करिब ७०० मेगावाट बिद्युत भारतबाट खरिद गर्नेछ । अबको दुई बर्षदेखि पाँच बर्षमा नेपालबाट कम्तीमा  एक हजार मेगावाट बिद्युत भारततर्फ निकासी हुनेछ । ब्यापारमा कृपा वा दया हुँदैन, केवल नाफा हुन्छ । अहिले भारतको बिजुलीमा महँगो पैसा तिर्ने नेपाल आफ्नो बिजुली ५ बर्ष पछि आजको दाममा भारतलाई बेच्दैछ । यत्ति हिसाब बुझ्ने नेपालीका लागि राजदूत रेले बिजुलीमा क्रेडिट खोज्नु उनको रहर मात्रै हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah