काठमाडौँ । टिकटमा भएको ढिलाइका कारण इथोपियामा आइतबार भएको विमान दुर्घटनाबाट एक नेपाली जोगिएका छन्।इथियोपियाकाे राजधानी अदिस अबाबाबाट केन्याको नौरोवीतर्फ जाँदै गरेको इथोपियन एयरलाइन्सको विमान उडान भरेको केही मिनेटमै दुर्घटनामा परेको थियो। दुर्घटनामा परि चालक दलका ८ जना सदस्य र १ सय ४९ जना गरी १ सय ५७ जनाको मृत्यु भएको थियो। सोही विमानमार्फत सयुंक्त राष्ट्र संघ वातावरण कार्यक्रममा सहभागिताका लागि केन्या जाने तयारीमा रहेका साझा फाउण्डेशनका अध्यक्ष जितेन्द्र जीसी भने टिकटमा भएको ढिलाइका कारण जोगिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिसीले फेसबुकमा उक्त कार्यक्रमका लागि प्राप्त टिकटका अनुसार आफू उक्त बिमानमा हुनुपर्ने हुनुपर्ने उल्लेख गर्दै आफू नेपालमै रहेको र ठिक रहेको बताएका छन्। साथै आफ्नो टिकटमा गरिदिएको ढिलाइका कारण उनले सुष्मा दाहाल पोख्रेललाई पनि धन्यवाद दिएका छन्।

उनले लेखेका छन्, 'म नेपाल मै छु, ठीक छु। कार्यक्रमको तालिका र प्राप्त टिकट अनुसार मपनि यो विमानमा हुनुपर्ने थियो। म आफ्नै कारणले 'लास्ट आवर'मा आयोजकलाई जानकारी गराएको थिए। जब त्यो तालिका, विमान र मलाई प्राप्त टिकट हेरे अनि सम्झिए म अर्को पटक बाँचे। साथमा दान मामा होइसिन्थ्यो। फेरी ढाडस दिँदै केही आफन्त र सुभेच्छुकहारुले गर्नुभएको म्यासेज र चाँसोका लागी कृतज्ञता प्रकट गर्छु। जानु पर्ने तर गैइएन भनेर माधव नेपाल ज्यूलाई जानकारी थियो। सुष्मा दाहाल पोख्रेलजीले टिकटमा गरिदिएको ढिलाई पनि धन्यवाद लाएक रह्यो।'