काठमाडौं । दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट रोजगार अनुमति प्रणाली ९ईपीएस० अनुसार नेपाली कामदार लगिरहेको कोरियाले यस पटक सबैभन्दा बढी कोटा तोकेको हो ।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ । कोरियामा कार्यरत विदेशी कामदारको मूल्यांकनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो । कोरियाले नेपालसहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार आपूर्ति गर्छ। कामदार कोरिया जान ८ सय १५ अमेरिकी डलर खर्च हुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिलेसम्मकै उच्च कोटा निर्धारण भएको पत्र प्राप्त भएको छ’ ईपीएस कार्यालयका एक अधिकारीले भने ‘ नियमित तालिकाअनुसार परीक्षा लिइनेछ ।’ नेपालले पारदर्शी ढंगले कामदार भर्नामा सहयोग गरेको भन्दै कोरिया सरकारले अवाई दिइसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।