काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले आउँदो बुधबारदेखि तराईका जिल्लाको भ्रमण गर्ने भएका छन्। शाहले बुधबारदेखि धनुषा, सर्लाही, उदयपुर र सप्तरी जिल्लाको भ्रमण गर्ने तय भएको उनको निजी सचिवालयले जनाएको छ ।

आमा रत्नराज्यलक्ष्मीदेवी शाहको स्वास्थ्यमा समस्यादेखि पछि निर्धारित भ्रमण स्थगित गरेर काठमाडौँ फर्किएका पूर्व राजा ज्ञानेन्द्र आमाको स्वास्थ्यमा सुधार आएपछि झापा फर्किएका छन् । उनी झापा फर्किएको भोलिपल्ट सोमबार तराई भ्रमणको मिति तय भएको हो ।