पोखरा, फागुन २७

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सिके राउत प्रकरणमा धेरै तरंगित हुनुपर्ने कुनै अवस्था नरहेको बताउनु भएको छ । उहाले सरकारले राउतलाई मुलधारको राजनीतिमा ल्याउने गरेको प्रयासमा कुनै शंका गर्नुपर्ने ठाउ पनि नरहेको स्पष्ट पार्नुभयो । यद्यपी उहाले सहमति उल्लधंन गरे कानुनी उपचार खोज्ने बाटो सरकारसग सुरक्षित रहेकाले यसबाट तरंगित हुनुपर्ने अवस्था नरहेको बताउनु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पोखरामा आज विहान संचारकर्मीसग कुरा गर्दै उहाले सरकारको उदेश्यमा शंका गर्नुपर्ने ठाउ नभएपनि हिजो जनकपुरमा देखिएको घटनाका विषयमा आफुले प्रधानमन्त्री केपी शर्मा ओलीसग छलफल गरेको बताउनु भयो । ‘यस विषयमा मेरो प्रधानमन्त्रीजीसँग कुराकानी भयो’ उहाले भन्नुभयो, ‘प्रधानमन्त्रीले सीके राउतले आफ्नो समूहलाई सहमतिका विषयमा बुझाउन बाँकी रहेकाले त्यस्तो भएको हो भन्नु भएको छ।’

सबै राजनीतिक प्रबृतिलाई बुझेर मूलधारको राजनीतिमा ल्याउनु सरकारको दायित्व भएकाले त्यसै अनुसार राउतसँग सहमति गर्नु जायज भएको उहाको भनाई छ । सहमति विपरित राउत पक्षले पृथकतावादी बाटो अख्तियार गरिरहे सरकारले कार्वाही गर्ने स्पष्ट पार्दै भन्नुभयो, ‘त्यतातिर गयो भने के गर्ने भन्ने अधिकार सरकारमा निहित छ, त्यसैले, तरंगित हुनु पर्ने देख्दिन।’ साथै उहाले सरकारले जनमत संग्रह गर्ने भन्ने कुरा सहमतिमा कहि कत्तै उल्लेख नगरेको पनि स्पष्ट पार्नुभयो । संविधानले नै जनमत संग्रहका विषयमा स्पष्ट बोलेका कारण सरकारले चाहादैमा पनि त्यो अवस्था नरहेकाले त्यसतर्फ बहस गर्नु अनूचित हुने बताउनु भयो ।