दमक/ लायन्स क्लव अफ दमक इस्टर्न लाइन, गोल्ड र श्रीअन्तुले यस बर्ष अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर बिभिन्न रचानत्मक कामहरु गरेको छ ।

स्वास्थ्य शिबिर, पाठेघर र स्तन क्यान्सरको प्रारम्भिक जाँच, केहि बिपन्न नागरिकहरुलाइ खाद्यन्न तथा कपडा बितरण, सेनेटरी प्याड बितरण लगायतका कार्यक्रमहरु गरेको क्लवका अध्यक्ष बिमल शर्माले बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झापा र इलामको सिमा शिखरकटेरीमा भएको कार्यक्रममा उल्लेख्यमात्रामा महिलाहरुको सहभागिता रहेको कार्यक्रमका संयोजक गंगादेव चौधरीले बताए ।

उनका अनुसार सो अवसरमा दन्त शिविर समेत आयोजना गरिएको थियो ।

डा. सन्दिप शाह, डा. सीता राइ लगायतले महिलाहरुको स्वास्थ्य परिक्षण गरेको जनाईएको छ ।

गाँउमा स्वास्थ्य शिबिर पुगेपछि स्थानीय महिलाहरु धेरै खुसि भएको लायन्स क्लव अफ दमक  गोल्डका अध्यक्ष काँशी खातीले बताए ।

आगामि दिनमा पनि यस किसिमका कार्यक्रमहरुलाइ निरन्तरता दिने उनले जनाए ।