दमक/झापाको क्षेत्र नं. ६ को गौरादहमा पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । बिभिन्न कालखण्डमा जनताको प्रतिनिधि भएर काम गरेकाहरुलाई पार्टीले खोजिखोजि सम्मान गरेको हो । स्थानीय तहको निर्वाचनको घोषणा भएसंगै क्षेत्र नं. ६ लाइ एमालेमय बनाउन र पूर्व जनप्रतिनिधिहरुको अनुभवलाई शिक्षाको रुपमा ग्रहण गर्नका लागि सम्मान कार्यक्रम गरिएको एमाले झापा क्षेत्र नं. ६ का सचिब न
गेन्द्र भण्डारीले बताए ।
साँसद तथा गौरादह गाबिसका पूर्व अध्यक्ष दीपक कार्की सहितलाइ सम्मान गरिएको हो । २०४४ सालमा निर्वाचित जनपक्षिय प्रधानपञ्च चिरञ्जिबि दाहाल लगायतका ४४ जनाभन्दा बढि जनप्रतिनिधिहरु सम्मानित भएका थिए । संविधान कार्यान्वयन र जन परिचालन अभियान अन्तर्गत नेकपा एमाले गौरादह वडा नंं ३ र ४ को शाखा कमिटीको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेकपा एमाले झापा जिल्ला कमिटी सचिवालय सदस्य योगराज दाहाल, जिल्ला सदस्य गीता भेट्वाल, क्षेत्र नं.६ का क्षेत्रीय अध्यक्ष छत्रपति सुवेदी, गौरादह नगर कमिटीका अध्यक्ष मित्रदेव काफ्ले, यूवा संघ नेपालका केन्द्रय सदस्य दुर्गा गौतम लगायतले बोलेका थिए कार्यक्रममा लीला गौतमले स्वागत गरेका थिए भने क्षेत्रीय सचिव नगेन्द्र भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।
गौरादहमा एमालेले गर्यो पूर्व जनप्रतिनिधिलाई सम्मान
सवाल नेपालसंवाददातामंगलबार, १५ फागुन २०७३

गौरादहमा एमालेले गर्यो पूर्व जनप्रतिनिधिलाई सम्मान
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



