काठमाडौं– सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सोमबार बेलुका करिब सवा आठ बजे शारदा नगरपालिका– १ शान्तिनगरमा रा १ त ११५१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा मृत्यु हुनेमा शारदा नगरपालिका १२ चिसापानी बस्दै आएका २३ वर्षीय चालक कृष्णबहादुर डाँगी र शानपा १ चैवाङजिउलाका १३ वर्षका अमर बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानको श्रीनगरबाट लुहामतर्फ जाँदै गरेको ट्याकटर दुर्घटनामा परेको हो । लोकान्तर बाट साभार