दमक/झापाको दमक बहुमुखि क्याम्पसमा अनेरास्वबियूको जित शुनिश्चित भइसकेकाले बिभिन्नन समुहहरुले निर्वाचन बिथोल्न खाजेपनि त्यो सफल नहुने अनेरास्वबियूले जनाएको छ । अनेरास्वबियूलाइ मुछेर क्याम्पसमा ताल्चा लगाउनेसम्मको हर्कत भएको जनाउदै स्वच्छ प्रतिस्पर्धाबाट डराएर भाग्नेहरु आफै पतन हुने दमक अनेरास्वबियू दमक इकाइ समितिले जनाएको छ । स्वबियू चुनाव निर्धारित मितिमै गर्न माग गर्दै दमक बहुमुखी क्याम्पसको प्रशासन र स्ववियु कार्यालयमा लगाएको ताला विद्यार्थीहरुले फूटाएर बिद्यार्थीहरुको अधिकारलाई हनन् नगर्न चेतावनी समेत दिएकाछन् । बिद्यार्थीको अधिकार हनन् हुन नदिनका लागि आफूहरुले लगाएको ताला फोरिदिएको अनेरास्वबियूका अध्यक्षका उम्मेदवार सन्तोष दूलाले बताए । नेबिसंघबाट स्वबियू अध्यक्षका उम्मेदवार बनेका बिनोद चापागाइले आफूहरु निर्धारीत समय भोली नै निर्वाचनको पक्षमा रहेको र निर्वाचन गराउनका लागि ताला फोरेर सहज वातवरण बनाइदिएको बताउछन् । उनले बिद्यार्थीहरुको अधिकारमाथि कसैले पनि धावा बोल्नु नहुने जनाए । अखिल क्रान्तिकारीबाट अध्यक्षको उम्मेदवार रबी बस्नेत कुलबहादुरले पनि अब निर्धारीत समयमा निर्वाचन हुने वातवरण बनेको जनाए । उनले बिद्यार्थी संगठनहरुबीत स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको बताउदै हारबाट डराएर यस प्रकारको गतिबिधि नगर्नलाई उनले आग्रह पनि गरेकाछन् । क्याम्पसमा नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी निकट अखिल क्रान्तिकारीले आफूलाई चुनावमा भाग लिन नदिने षड्यन्त्र गरेको भन्दै तालाबन्दी गरेको थियो । दमक क्याम्पसमा स्ववियु नेतृत्वका लागि ६ वटा विद्यार्थी प्यानलबीच चुनावी प्रतिस्पर्धा हुदैछ । निर्वाचन समिति संयोजक नारायण भट्टाईका अनुसार क्याम्पसमा एक हजार ३ सय ५४ जना मतदाता छन ।
दमक क्याम्पसमा स्वबियू निर्वाचन नरोकिने
सवाल नेपालसंवाददातामंगलबार, १५ फागुन २०७३

दमक क्याम्पसमा स्वबियू निर्वाचन नरोकिने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



