आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल फागुन २९ गते,बुधबार,इश्वी सन् २०१९ मार्च १३ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ चिल्लाथ्व, फाल्गुण शुक्लपक्ष,तिथि– सप्तमी, २४:१६ बजेउप्रान्त अष्टमी,नक्षत्र– रोहिणी, २५:२६ बजेउप्रान्त मृगशिरा, योग– विष्कम्भ, ११:०३ बजेउप्रान्त प्रीति,करण– गर, १२:४९ बजेदेखि वणिज, २४:१६ बजेउप्रान्त भद्रा,आनन्दादिमा शुभ योग,चन्द्रराशि– वृष, सूर्योदय– ६:१८ बजे, सूर्यास्त– १८:१० बजे र दिनमान २९ घडी ४० पला। सर्वार्थसिद्धियोग २४:१६ बजेसम्म।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल फागुन ३० गते,बिहीबार,इश्वी सन् २०१९ मार्च १४ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ चिल्लाथ्व,फाल्गुण शुक्लपक्ष,तिथि– अष्टमी, २२:५४ बजेउप्रान्त नवमी,नक्षत्र– मृगशिरा, २४:४३ बजेउप्रान्त आर्द्रा,योग– प्रीति, ८:५९ बजेउप्रान्त आयुष्मान्,करण– भद्रा, ११:३८ बजेदेखि वव, २२:५४ बजेउप्रान्त वालव,आनन्दादिमा मृत्यु योग,चन्द्रराशि– वृष, १३:०७ बजेउप्रान्त मिथुन, सूर्योदय– ६:१७ बजे, सूर्यास्त– १८:११ बजे र दिनमान २९ घडी ४४ पला।व्रत/पर्व- अष्टमी व्रत,गोरखकाली पूजा,होलिकारम्भ,चीरोत्थान गर्ने दिवस (चीरस्वाय), फाल्गुण मसान्त।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रेम गर्ने हरुको लागि आजको दिन शुभ हुनेछ,बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ, टाढाको यात्रा सम्भावना छ,शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ।
बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ,आफन्त बाट धोका हुन् सक्छ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,आजको शुभ अंक १ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,स्वास्थ्यमा सुधार आउने छ, परिवारमा खुशी छाउनेछ,रोकियका कामहरु बन्ने छन्,आजको शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
चोटपटक को सम्भावना छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,साझपख सुधार हुनेछ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ४ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बोलीमा विचार पुराउनु होला,महत्वपूर्ण काममा ध्यान दिनु होला,आर्थिक संकट पर्नेछ,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको दिन तेती राम्रो छैन,आजको शुभ अंक ४ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पारीवारिक सहयोग बढ्ने छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,गणेश भगवानको पुजा गर्नाले आजको दिन शुभ हुन्छ,आजको शुभ अंक ५ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,विश्वासको वातावरण बन्नेछ,माता मनकामना लाई प्रथाना गर्नाले शुभ हुनेछ,आजको शुभ अंक ८ रहेको छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
श्रमबाट प्रशस्त धन लाभ हुनेछ,पठन–पाठनमा प्रगति हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,रोकियाका कामहरु बन्नेछ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ, रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक २ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, रोकियाका कामहरु बन्ने छन्,महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,मानसम्मानमा बृद्धि हुनेछ,आजको शुभ अंक १० रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,चोटपटकको सम्भावना छ,जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज कुनै अप्रत्याशित काम बन्ने योग छ,चोटपटकको सम्भावना छ,शुभ कुराको सङ्केत मिल्नेछ,अर्थलाभका अवसर आउने छन्,पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ,आजको शुभ अंक ७ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,मानसम्मानमा बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक २ रहेको छ।



