काठमाडौं– आफ्नै पूर्वसमकक्षी विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध गराउने निर्णय गराएर गृहमन्त्री रामबहादुर थापा अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

मंगलबार मन्त्रिपरिषद्को बैठक बसेको थियो भने सो बैठक सकिएलगत्तै उनी अष्ट्रृलियामा तय भएको एक सुरक्षासम्बन्धी कार्यक्रमका लागि नेपालको प्रतिनिधित्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् । बैठकले विप्लव नेतृत्वको नेकपा आपराधिक क्रियाकलापमा संलग्न रहेको ठहरसहित प्रतिवन्ध गराउने निर्णय गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले स्वतन्त्र मधेसको अभियान चलाउँदै आएको सीके राउत समूहसँग ११ बुँदे सहमति गरेको ४ दिनपछि विप्लवको पार्टीलाई प्रतिवन्ध लगाएको हो ।

सूत्रका अनुसार गृहमन्त्रालयकै याेजनामा विप्लवको पार्टीलाई प्रतिबन्ध लगाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पुगेको थियो । यसबारे प्रधानमन्त्री तथा नेकपा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच मंगलबार बिहान समझदारी भएको थियो ।