दमक । सामाजिक काम गर्न कुनै भुगोल आवश्यकता पर्दैन जहाँ आवश्यकयता हुन्छ त्यहाँ पुग्नुपर्छ भन्ने मान्यतालाइ आत्मसाथ गर्दै झापा दमकको लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र युनाइटेड सुनसरीको वराहक्षेत्रमा बृहत स्वास्थ्य शिबिर लिएर पुगेको छ ।
स्थानीय चक्रघटीको लायन्स क्लव अफ सुनसरी कोशी रिभरसंगको समन्वयमा र नावेल मेडिकल कलेजको प्राविधिक सहयोगमा बिशेषज्ञ सेवा सहितको बृहत स्वास्थय शिबिर भएको माउण्ट एभरेष्टका अध्यक्ष चन्द्र गजमेरले बताए ।
वाल रोग, प्रसुति, हाडर्जोनी, छाला तथा यौन रोग, नाक,कान घाटी, आखाँ, दाँत लगायतका २ हजार भन्दाबढी बिरामीहरुले बिशेषज्ञ सेवा पाएको युनाइटेडका अध्यक्ष उत्तम थापाले बताएकाछन् । स्थानीय सप्तकोशी विद्यामन्दिरमा भएको शिविरमा २ हजार ३ सय १० जनाले सेवा लिएको उनले जनाए ।
निशुल्क औषधी वितर, विरामीहरुलाइ निशुल्क ल्याव सेवा, भिडीयो एक्सरे, इसीजी लगायतका सेवा समेत प्रदान गरिएको शिबिर संयोजक बुद्धिशेखर भट्टराइले बताए । उनका अनुसार उल्लेख्यमात्रामा बिपन्न समुदायले यसबाट लाभ लिएकाछन् ।
सोहि असरमा वसन्तऋतु माध्यमिक विद्यालयका छात्राहरुका लागि सेनिटरी प्याड,खेलकुद सामाग्रीहरु पनि प्रदान गरिएको माउण्ट एभरेष्टका सचिब डा.सुर्यनारायण शाहले बताएकाछन् । उनका अनुसार स्थानीय दुई जना अशक्तहरुलाई ह्वील चियर समेत वितरण गरिएको थियो ।
स्थानीय सरकार वराह क्षेत्र नगरपालिकाका प्रमुख मिलन खनालले बृहत स्वास्थ्य शिविर लगायतका कामको प्रशंशा गरेका थिए । कार्यक्रमको उद्घाटनमा उनले लायन्सको यो कदम सहनीय भएको बताए जनाएका थिए ।
लायन्सकर्मी दीनेश अग्रवालले आफुहरुले बिपन्न र आधारभूत स्वास्थ्य सेवा नपाएका ठाँउहरु केन्द्रित गरेर स्वास्थ्य शिबिर आयोजना गरेको जनाए ।धनकुटासम्म गएर स्वास्थ्य शिबिर गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।










