दमक/सरकारले प्रतिबन्ध घोषणा गरेको बिप्लवले नेतृत्व गरेको नेकपाले भोली आयोजना गर्न लागेको भनिएको पुर्व सन्ध्यामा झापाका बिभिन्न ठाँउहरुमा मसाल जुलुस निकालेको छ ।

प्रहरी धरपकडको योजना बनाएर पनि प्रहरीलाइ पत्तो नै नदिइ नेकपाका कार्यकर्ताहरुले मसाल जुलुस निकालेकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले हिजो बिप्लव नेतृत्वको पार्टीको गतिबिधिलाइ प्रतिबन्ध घोषणा गरेसंगै झापाको सुरक्षा ब्यवस्था कडा पारिएको प्रहरी श्रोतको भनाइ रहेको छ ।

साँझ सुरुगामा पनि राँके जुलुस निस्केको छ । नेकपाले जिल्लाका बिभिन्न ठाँउहरुमा राँके जुलस निकालेको बताइन्छ ।