हेटौंडा । मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा ट्रकमाथि अज्ञात समूहले आगजनी गरेको छ । राती करिव १ बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमाथि अज्ञात समूहले आगजनी गरेको हो ।पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

ट्रकमा चालक,सहचालकसहित ३ जना सवार थिए । सो समूहले ३ जनालाई ट्रकबाट ओरालेर आगो लगाई फरार भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । अगजनीबाट ट्रकको टेलरमा क्षति भएको छ । विप्लव नेतृत्वको नेकपाले बिहीबार नेपाल बन्दको आह्वान गरेको कारण उनीहरुले नै त्रास सिर्जना गराउन आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विप्लवले आह्वान गरेको बन्दको कारण आज बिहानैदेखि राजमार्गमा सवारी ठप्प भएका छन् । फाट्टफुट्ट मात्र सवारी चलेका छन् । फाइल फाेटाे