दमक/बिपना बराल बिद्यार्थीहरुमाझ दमक बहुमुखि क्याम्पसमा नसुनिएको नाम होइन । बिद्यार्थीहरुका समस्या सामधानमा देखि लिएर त्यहाँ हुने सबै कार्यक्रमहरुमा उनी अग्रपङ्तीमा नै हुन्छिन् । रेडक्रस सर्कलमा होस् या दमक साहित्यक मञ्चमा होस् उनको सक्रियताले बिद्यार्थीहरुको मन जितेकी नै छन् । एउटा सम्भावाना बोकेकी बिद्यार्थीको नेताको रुपमा अब उनि उदाउदैछिन् । बुधबार दमक बहुमुखि क्याम्पसमा हुने स्वबियू निर्वाचनमा उनि कोषाध्यक्षको उम्मेदवार हुन् । उनि भन्छिन्–‘मलाइ बिद्यार्थीहरुले बिश्वास गर्नु हुनेछ र त्यो बिश्वासलाई म कुठराघात गर्न दिने छैन ।’ बिबिएस तेश्रो बर्षमा अध्ययनरत उनि एक सक्षम नेतृको रुपमा आफूलाइ अघि बढाउने सोचमा छिन् । बिद्यार्थीहरुलाई परेको समस्या सामधान र बिद्यार्थीको अधिकारको रक्षाका लागि आफ्नो उम्मेदवारी भएको उनले बताइन् । छात्रामैत्री क्याम्पसको वातवरण बनाउन, क्याम्पसमा बिद्यार्थीले भोग्ने बिभिन्न प्रकारका समस्याहरुको निराकरणका लागि र गरिब बिद्यार्थीहरुले पैसाको अभावमा पढाइ छाडनु पर्ने अवस्था आउन नदिने उनले प्रतिबद्धता जनाइन । क्याम्पसलाई राजनीतिमुक्त राखेर नै समस्या सामधान गर्न सकिने समेत उनको भनाइ छ ।अनेरास्वबियू दमक क्याम्पस महिला बिभाग प्रमुख समेत रहेकी उनि सन्तोष दूलालको प्यानलबाट कोषाध्यक्ष हुन