विहान उठ्नासाथ धर्ती(पृथ्वी)मा टेक्नुभन्दा पहिला धर्ती(पृथ्वी) लाई प्रणाम गर्न सल्लाह दिन्छ । किनकी धर्ती हाम्रो पालनकर्ता हो । हाम्रो जीवनका लागि सबै आवश्यक पदार्थ धर्तीले नै हामीलाई उपलव्ध गराउँछ चाहे पानी या भोजन । त्यसैले धर्तीको सम्मान गर्नु हामी सबैको कर्तव्य हो ।

धर्तीलाई नमस्कार गरेर र उ प्रति आभार प्रकट गरि हामी आफ्नो सौभाग्य बढाउन सक्ने वैदिक धर्ममा व्याख्या गरिएको छ । सनातन हिन्दू धर्ममा धर्तीलाई देवी र आमाको स्थान दिइएको छ ।

सामाजिक महत्व

धर्तीलाई प्रणाम गर्नाले आफ्नो मातृभूमी र पृथ्वी प्रति हाम्रो लगाव बढ्छ । हामी भित्र आफ्नो देश, आफ्नो भूमि प्रतिको जिम्मेवारीको भाव पैदा हुन्छ । पूर्खाले मानिसमा आफ्नो जिम्मेवारीको भाव जगाउनका लागी यो संस्कार हामीलाई दिएका हुन् ।

यो हो प्रणाम गर्ने तरिका

ओछ्यानबाट उठेपछि पाउ जमिनमा राख्नु भन्दा पहिला धर्तीलाई छोएर प्रणाम गर्नुपर्छ । त्यसअघि आफनो स्वासप्रवास्वास बारे जानकारी लिन आवश्यक छ ।

नाकको कुन भागबाट सही र धेरै मात्रामा स्वास बाहिर भित्र गर्छ त्यसलाई थाहा पाउन जरुरी छ । त्यसका लागि लामो स्वास लिने र फाल्ने गर्नुपर्छ । नाकको जुन भागबाट बढी स्वास आएको छ त्यही भागको पाउ(गोडा)लाई सबैभन्दा पहिला जमीनमा राख्नुपर्छ ।

धर्तीमा पहिलो कदम राखेसँगै उत्तर दिशातर्फ केही पाइला चाल्नु पर्छ । उत्तर दिशा धनका देवता कुवेरको दिशा हो । यस्तो गर्नाले उन्नतीको मार्ग खुल्ला हुने र धनको वर्षा हुने वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।

विहान उठेपछि यस्तो मन्त्र उच्चारण गर्दै धर्तीको प्रार्थना गर्नु पर्ने नित्य कर्म पद्दतीमा उल्लेख गरिएको छ ।

विहान उठेपछि दुबै हत्केलाई जोडेर हत्केलामा हेरेर यो मन्त्र वाचन गर्नुपर्छ

कराग्रे वसते लक्ष्मीः करमूले सरस्वति
करमध्ये तु गोविन्दः प्रभाते करदर्शनम् ।।

त्यसपछि जमिनमा पाउ राख्दा यो मन्त्र वाचन गर्नुपर्छ

समुद्र वसने देवी, पर्वत स्तन मंडले ।
विष्णुपत्नी नमस्तुभ्यं, पादा स्पर्शं क्षमस्व में ।।

(समुन्द्र जसको वस्त्र स्वरुप छ, पर्वत श्रुंखला जसको वक्षस्थल छ उनै विष्णु पत्नी धरती मातालाई म दण्डवत नमस्कार गर्छु । म मेरो पाउले तपाईलाई स्पर्श गर्दैछु क्षमा गर्नुहोला । )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah