दमक। झापाको कमल गाँउपालिकास्थित नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले रेडक्रस स्थापनाका संस्थापकहरुलाई सम्मान गरेको छ । उपशाखाको विहिबार सम्पन्न छैठौ उपशाखा सभाको उद्घाटनमा सामाजिक क्षेत्रका अग्रज पूर्णानन्द शर्मासहित ७ जना संस्थापक समितिका सदस्यहरुलाई सम्मान गरेको हो ।

रेडक्रस लखनपुर उपशाखाको स्थापनामा महत्वपूर्ण योगदान पुरयाँउने सदस्यहरुलाई सामूहिक रुपमा सम्मान गरिएको सभापति चन्द्र शाहले वताए । यसरी सम्मानीत हुनेहरुमा समाजसेवी दाहालसहित, टिकाराज सापकोटा,इन्द्रमान चाम्लिङ, चन्द्र दमाई, भिमप्रसाद सापकोटा,सुमित्रा राई र रामचन्द्र मिश्र रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रेडक्रस झापा शाखाका मन्त्री चन्द्रप्रसाद चुडाँलको प्रमुख आतिथ्यतामा भएको सभाको उद्घाटनमा उपशाखा सचिव पारसमणि राईले संस्थाको प्रतिवेदन र कोषाध्यक्ष प्रमोद कुमार दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन वन्दसत्रले सुझाव सहित पारित गरिएको उपशाखा उपसचिव विष्णु सुब्बाले बताए ।

रेडक्रस उपशाखाकी उपसभापति चन्द्रकला भण्डारीले स्वागत मन्तव्य राखेकी सो कार्यक्रममा रेडक्रस झापा शाखाका कोषाध्यक्ष ओमप्रकाश गौतम, सम्मानीत व्यक्तित्व दाहाल, रेडक्रस उपशाखाका सल्लाहकारद्धय दीलीप राई, हुकुमसिं राईलगायतले वोलेका थिए ।