किशन गौतम / कोरियामा बेरोजगारी संख्या गत फेब्रुरीमा मात्र १३ लाख नाघेको छ ।सुस्त आर्थिक वृद्धिका कारण युवा बेरोजगारीको अवस्था उच्च रहेकाले समग्र बेरोजगारी दर उकालो लागेको बुधाबार प्रकाशित एक सरकारी प्रतिवेदनले देखाएको छ । सरकारको अस्थिर मजदुर नीतिका कारण धेरै जसो उत्पादनमुलक क्षेत्रका कम्पनि हरुले रोजगारी कटौती गर्न थालेपछि बेरोजगारी संख्या बढ्न भएको विज्ञहरु बताउछन । यद्धपि सरकारले गत महिना मात्र २ लाख ६३ हजार नयाँ रोजगारी सृजना गरेको थियो । तर पनि बेरोजगारीको संख्या भने घट्न नसकेको तथ्यांकमा उल्लेख छ ।

गत फेब्रुरीमा मात्र १ लाख ५१ हजार युवाले उत्पादनमुलक क्षेत्रको रोजगारी गुमाएका छन भने जनवरीमा १ लाख ७० हजारले रोजगारी गुमाएका थिए । यसरी रोजगारी गुमाउनुको मुख्य कारण महँगो मजदुर ल्याला रहेको भन्दै आर्थिक विश्लेशक हरुले लगातार बढ्दो ज्याला सम्बन्धि नीतिमा सुधार गर्नु पर्ने सरकारलाई सुझाब दिएका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उत्पादनमुलक क्षेत्रमा रोजगारी गुमाएपछी धेरै जसो युवा कृषि तथा मत्स्यपालन तर्फ आकर्षित हुन् थालेका छन । “यसरी इच्छाले भन्दा पनि बाध्यतावस जिविकोपार्जनको लागि युवाहरु कृषि क्षेत्र तर्फ आकर्षित हुनु राम्रो संकेत होइन ” सियोल युनिभर्सिटीका अर्थविद युन छाङ्ग ह्युन बताउछन ।

त्यस्तै अर्थ मन्त्रि होंग नाम्कीले अर्थ ब्याबस्था सम्बन्धि बैठकमा निजि क्षेत्रको लगानी सुस्त हुन गएकाले बेरोजगारी दर बढ्न गएको बताए । उनले मन्त्रालयले यो बर्ष भित्रै रेलमार्ग तथा अन्य बाटो निर्माणमा १३ ट्रीलियन कोरियन वन खर्च गर्न लागेकोले थप रोजागरी सिर्जना हुनेमा आफु बिश्वस्त रहेको समेत बताए ।

हेल्लो कोरिया डटकम बाट