उदयपुर । टिपरको ठक्करबाट एक जना गम्भिर घाइते भएका छन् । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका ५ शिव माध्यमिक विद्यालय सुन्दरपुर नजिक दुर्घटना भएको हो । को.१ ख ६३८८ नम्बरको टिपरको ठक्करबाट मोटर साइकलमा सवार एक जना गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय सुन्दरपुरका इन्चार्ज योगेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
आफ्नो साइडमा गुडिरहेको बा.३६ प ८८३६ नम्बरको मोटर साइकललाई टिपरले पछाडीबाट ठक्कर दिँदा मोटर साइकलमा सबार इलाम नगरपालिका ८ की ५० वर्षिय युरोपिया राई गम्भिर घाइते भएकी छन् । घाइते राइलाई स्वास्थ्य चौकी सुन्दरपुरमा सामान्य उपचारपछि थप उपचारको लागि विपी कोइराला विज्ञान प्रष्ठिान धरान पठाइएको छ । टिपर र चालकलाई इलाका प्रहरी कार्यालय सुन्दरपुरले आवश्यक सोधपुछका लागि प्रहरीले पक्राउ गरेको छ ।
उदयपुरमा चालु आर्थिक वर्षमा टिपर र ट्रकको ठक्करबाट ७ जनाको ज्यान गइसकेको छ ।










