मधुमल्ला/ हिंसात्मक घटनालाई न्यूनिकरण गर्नका लागि मिक्लाजुङ गाउँपालिका को आयोजना र केआईएफ कुरोदय मार्सल आर्ट संघ मोरङको सहयोगमा सञ्चालित ७ दिने आत्मरक्षा तालिम आज समापन गरिएको छ । प्रथम चरण मा मिक्लाजुङ -७ का २ वटा सामुदायिक विद्यालय मनोहर र भगवती मा.वि. का ३० जना छात्राहरुलाई आत्मरक्षाको तालिम आयोजना गरिएको मिक्लाजुङ गाउँपालिका शिक्षा अधिकृत काशिनाथ खनालले ले जानकारी दिनु भएको छ ।

आज भगवती माबिको सभा हलमा सो तालीम को समापन गरिएको हो । समापन सत्रमा गाउँ पालिका अध्यक्ष देबिप्रसाद आचार्य ,उपाध्यक्ष सरला राई प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरी , वडा अध्यक्ष खगेन्द्र मादेन , गौरी राई ,बुध्दीलाल निरौला ,सोमनाथ अधिकारी र कुरोदय मार्सल आर्ट का केन्द्रिय कार्यबाहक अध्यक्ष विद्या चाम्लिङ ,भगवती माबी प्रधानअध्यापक प्रेमप्रकाश कोईराला , मनोहर माबी प्रधानअध्यापक लिला भण्डारी , कुरोदय प्रदेश प्रमुख प्रशिक्षक प्रकाश बस्नेत, अशोक लिम्बू , मानबहादुर थोप्रा लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम मोरङ अध्यक्ष टीका भट्टराई को अध्यक्षता र सचीव घनश्याम भण्डारीको सञ्चालन रहेकोे थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड