काठमाडौं । ०७६ मा शनिबारबाहेक १५ दिन मात्रै राष्ट्रिय बिदा हुने भएको छ । सार्वजनिक बिदासम्बन्धी निर्णय शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । ०७४ सम्म दिएको १३ दिन सार्वजनिक बिदा सरकारले ०७५मा कौटौती गरेको थियो । तर, विभिन्न जाति, समुदायले सार्वजनिक विदा कटौतिको विरोध गर्दै सरकालाई ज्ञापनपत्र बुझाएका थिए , सरकारले सुझाबका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा सार्वजनिक बिदा पुनरावलोकन कार्यदल नै गठन गरेको थियो ।

तर, कार्यदलको सिफारिससमेत अस्वीकार गर्दै सरकारले अघिल्लो वर्षको विदा कटौती कायम गरको छ । कार्यदलले १२ वटा बिदा थप्न गत पुसमा सिफारिस गरेको थियो । राष्ट्रिय बिदा हुने दिन -नयाँ वर्ष १ वैशाख -मजदुर दिवस : वैशाख १८ -बुद्धजयन्ती :४ जेष्ठ -संविधान दिवस :३ असोज -दसैँ : १८–२२ -तिहार १०–१२ कात्तिक -शिवरात्रि : ९ फागुन -होली : २६ फागनु पहाड, मधेस २७ -महिला दिवस : २८ फागुन