दमक/सर्वाधिक चासोका साथ झापाको दमक स्थित दमक बहुमुखि क्याम्पसको स्वबियू निर्वाचन सम्पन्न भएपनि आज मतगणना हुने नुहने भन्ने अन्योल रहेको छ । मतपेटिकालाई लाहछाप लगाएर राखिएपछि अब कस्ले जित्ला ? कस्को पल्ला भारी रहला ? भनेर चर्चा शुरु भएको छ । राजनीतिक दलका नेताहरु देखि लिएर बिद्यार्थी नेताहरुसम्मले चासो पूर्वक हेरेकाछन् ।
नेबि संघका उम्मेदवार बिनोद चापागाइ, अनेरास्वबियूका उम्मेदवार सन्तोष दूलाल र अखित क्रान्तिकारीका उम्मेदवार कुलबहादुर बस्नेत (रबी) बीच त्रिपक्षिय भिडन्त हुने देखिएको छ । तीनवटै अध्यक्षको उम्मेदवारहरुले जित्ने दाबी गरेकाछन् । निर्वाचनको परिणाम भने मिश्रित आउने देखिन्छ ।
बिद्यार्थी नेताहरुले अनुमान गरेभन्दा बढि मत खसेको बताइन्छ । करिब एकहजार मत खस्ने अनुमान गरिएकोमा एघारसय भन्दा मत खसेको छ । १३ सय ५४ मतदाता रहेकोमा १ हजार १ सय छ मत खसेको निर्वाचन प्रमुख नारायण भट्टराइले बताए । मंगलवार अबेरसम्म अनिश्चित रहेको स्वबियूको निर्वाचन रातभर तयारी गरेर बिहान सबेरै देखि शुरु भएको छ ।
क्याम्पसमा बिद्यार्थी संगठनहरुबीच र ब्याक्तिगत प्रभावका कारण मत चोरचोरको अवस्थाले गर्दा अब परिणाम कस्तो आउला भनेर अनुमान लगाउन नसकिएको नेबि संघका एक जिल्ला सदस्यले बताएकाछन् ।



