झापा/दमक नगरपालिका वडा नं. ५ स्थित पुर्व पशचिम राजमार्गको पाथिभरा पेट्रोल पम्प स्थितमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे ५ प २९७१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको मे ७ प ३५० नम्बरको मोटरसाइकलले एकआपसमा ठोक्किदा दुर्घटना भएको छ ।
मे ५प २९७१ नम्बरको मोटरसाइकल चालक दमक ५ बस्ने बर्ष ५० को ओम सेडाई, पछाडी सवार निजकै श्रीमती वर्ष ४१ की देवका सेडाई घाईते भई लाईफ लाईन अस्पताल दमकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।











