दमक÷/झापाको गौरादह बहुमुखि क्याम्पसमा अनेरास्वबियूले प्यानल नै जितेको छ । नेबि संघ र क्रान्तिकारीको प्यानललाइ नै पराजित गर्दै शत प्रतिशत प्यानल जितेर अनेरास्वबियूले बिजय उत्सव मनाएको छ । अनेरास्वबियूका कमल पौड्यालले सानदार जित हासिल गरेकाहुन् । संयुक्त प्यानलका युवराज खनाल र राप्रबि संघका रबिन्द्र ढुगानालाइ फराकिलो अन्तरले पौड्यालले हराएकाहुन् ।