अनिल पोखरेल ।
स्वतन्त्र मधेश गठबन्धनको परिषद बैठक बारे विभिन्न अडकलबाजी चलिरहेको बेला बैठक स्थलमा संयुक्त राष्ट्र संघका प्रतिनिधि देखिएका छन् । गठबन्धनका संयोजक डा. सीके राउतसँग संयुक्त राष्ट्र संघका प्रतिनिधिले गोप्य भेटघाट गरेका छन् । सिरहाको लहानस्थित मारवाडी सेवा सदनमा राष्ट्रिय परिषद्को बैठक चलिरहँदा यूएनको गाडीमा सवार व्यक्तिले राउत संग गोप्य भेटघाट गरेका हुन् ।
आइतवार साँझ ७ बजेतिर यूएनको गाडी मारवाडी सेवा सदनमा प्रवेश गरेको स्रोतले दावी गरेको छ । स्रोतका अनुसार युएनको उक्त गाडी गठबन्धनको बैठक बस्नुअघि देखि नै त्यहाँ रहेको थियो । बैठक जारी नै रहेको अवस्थामा आज सोमबार उक्त गाडी बिहान ७ बजे तिर बाहिर निस्की बजार तर्फ लागेको छ ।टिभी अन्नपूर्ण











