दमक÷/झापामा बिभिन्न क्याम्पसमा भएका स्वबियू निर्वाचनमा नेपाली काँग्रेस निकटको नेबि संघको बर्चश्व देखिएको छ । अहिलेसम्म ३ वटा क्याम्पसमा नेबि संघले अध्यक्ष जितेको छ । नेबि संघका जिल्ला अध्यक्ष रोशन बिष्ठका अनुसार गौरीगन्जमा अध्यक्षमा देबकुमार ताजपुरीया, काकडभिट्टामा अध्यक्षमा सुरज सुबेदी र गरामनी क्याम्पसमा अध्यक्षमा बिनोद उप्रेतीले जित हासिल गरेका हुन । यि क्याम्पसहरुमा नेबि संघको सानदार जित भइसकेको बिष्ठको भनाइ छ । उनले तीनवटै क्याम्पसमा नेबि संघका प्यानलका अधिकाँश उम्मेदवारले जितेको बताएकाछन् ।