झापा, झापामा एक व्यक्ति मृत फेला परेका छन् । प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–९ स्थित गरामनीमा बिर्तामोड–९ का २१ वर्षीय युसन श्रेष्ठ घर नजिकै मृत अवस्थामा फेला परेक हुन् ।
मृतक श्रेष्ठको मुखबाट फिज निस्किएको र केमिकलको गन्ध आइरहेको उहाँले बताउनुभयो । ‘शरीरमा कुनै चोट पटक छैन’, उहाँले भन्नुभयो, ‘विषाक्त खानेकुरा खाएकाले मृत्यु भएको हुन सक्छ, शव पोष्टमार्टमका लागि पठाएका छौँ, रिपोर्ट आएपछि मात्र कारण भन्न सकिन्छ ।’
बेलुका ९ः३० बजेसम्म युसन घरमै रहेको भने फोनमा बोलिरहेको अवस्थामा उनका बुबाले ‘त्यो केटीसँग नबोल’ भनेको अनुसन्धानका क्रममा पत्ता लागेको प्रनाउ खड्काले बताउनुभयो । स्थानीयबासीले आज बिहान युसनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।











