दमक/झापा दमक नगरपालिका वडा नं. ४ स्थित धरधरे पुलमा आज दुर्घटना भएको छ । पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे ५ प ६४१४ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको मे८प ८८०६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
मे ८प ८८०६ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका वडा नं. ६ बस्ने बर्ष २५ को संजिब बिक पछाडी सवार २० बर्षिय निसान राई, मे ५ प ६४१४ नम्बरको मोटरसाइकल चालक दमक नपा ४ बस्ने बर्ष ४० को बृदेश सुनुवार घाईते भई उपचारको लागी दमक लाईफ लाईन अस्पताल तर्फ पठाएकोमा यहाँ उपचार हुन नसकेको बताइन्छ । थप उपचारको लागी तिनै जना घाईतेलाई न्युरो अस्पताल aबिराटनगर रेफर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।











