इपिएस ( employment permit system ) भन्नाले खासगरी सन 2008 बाट सन्चालित दक्षिण कोरिया जानलाई दिइने कोरिया भषा परिक्षा भन्ने बुझिन्छ । जापानले पनि यही मोडलमा नेपाली कामदार लैजाने भनेतापनि आधिकारिक रुपमा सम्झौता भइनसकेको हुनाले यहा बिशेषत कोरियन भाषा परिक्षाको बारेमा चर्चा गरिएको छ ।

ईपिएस प्रकृया कोरियाको न्यूनतम मासिक पारिश्रमिक नै करिब १,७०,००० रुपैयाँ हुने भएकाले अहिले लाखौ नेपाली युवाहरु तन, मन र धन दिएर कोरियन भाषा सिक्न लगिपरेका छन । हामी ले बिधालयमा अङ्ग्रेजी सिकेजसरी नै कोरियन भाषा सिकिने हो । अझ भनौ कोरियन भाषा हाम्रो लागि अङ्ग्रेजी भन्दा सजिलो हो किनकी, अङ्ग्रेजीमा वाक्य बनाउदा शुरुमा कर्ता त्यसपछि क्रिया र अन्त्यमा कर्मको प्रयोग गरिन्छ, जुन हाम्रो ब्याकरणबिन्यास बिपरित हो तर कोरियन भाषाको ब्याकरणबिन्यास मा सुरुमा कर्ता त्यसपछि कर्म र अन्त्यमा क्रिया को प्रयोग गरिन्छ । जुन नेपाली ब्याकरणबिन्यास अनुरुप हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बार्षिक बढेको प्रत्येक एक घन्टाको तलब दर यतिमात्र होइन, वाक्यको आदरार्थी रुप पनि नेपालीमा जस्तै निम्न, मध्यम र उच्च आदरार्थी रुपहरुको प्रयोग गरिन्छ । यसर्थ कोरिया जान चाहनेहरुले कोरियन भाषा राम्रो अध्ययन गर्ने हो भने तपाईंको कोरिया जाने सपना पूरा हुन असम्भव छैन । यसो भन्दैमा इपिएस परिक्षा सजिलै पास हुने भन्ने हुदैन । यसमा असफलता को दर उच्च रहेको छ । यहाँ केही तरिकाहरु दिइएको छ जसलाई ध्यान दिएर परिक्षार्थिहरुले आफ्नो अध्ययनलाई अगाडि बढाउने हो भने तपाइको इपिएस परिक्षा पास गरेर कोरिया प्रवेश गर्ने सपना सजिलै पूरा हुनेछ ।

ब्याकरण बझ्नुहोस। १ . ब्याकरणको राम्रो अध्ययन गरेर शब्दार्थ आउदो पार्नमा जोड दिनुहोस । शब्दार्थ आउदो पार्दा कोरियनबाट नेपालीमा आउदो पार्नुहोस किनकि प्रश्न सबै कोरियनमा आउछ । २ . चित्र चिन्ने पश्न पनि थुप्रै आउने हुनाले चित्रको फोटो खिचेर त्यसलाई मोबाइलमा हेर्दै कोरियनमा भन्ने अभ्यास गर्नुहोस ।

३ . २५ वटा सुनाई र २५ वटा पढाइ सम्बन्धी प्रश्न सोधिने हुनाले दुवैलाई उत्तिकै ध्यान दिन जरुरी छ । सुनाई प्रश्नको अभ्यासको लागि कोरियन ड्रामाहरु हेर्नाले पनि तपाइको सुनाइ क्षमता को बिकास हुनसक्छ । ४ . गुगलमा खोजेर कोरियाका ट्राफिक नियम सम्बन्धि चिन्हहरुको अध्ययन गर्नुहोस । किनकी यी चिन्हहरुमा प्राय बिध्यार्थिहरु दोधारमा परेर उत्तर बिगार्ने सम्भावना उच्च हुन्छ ।

५ . पढाइ सिपको बिकासका लागि पाठ्यपुस्तक भन्दा बाहिरका कोरियन हरफहरु छिटो पढ्ने बानिको बिकास गर्नुहोस । किनकी परिक्षामा तपाइले छोटो समयमा थुप्रै प्रश्नको जवाफ दिइसक्नु पर्नेहुन्छ । ६ . कम्तिमा पनि हप्तामा एक पटक ट्र्यायल परिक्षा दिनुहोस जसले तपाइको परिक्षामा भूल गर्ने बानिलाई सुधार गदै इपिएस भाषा परिक्षामा उत्तीर्ण मद्दत पुर्याउछ ।