दमक/फागु पर्बको महत्व अवसर र चुनौती सम्बन्धी दमक जेसिज र पत्रकार मञ्च दमकले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । होलीमा एकरुपता ल्याउन र बिकृतीबिसंगतीलाइ अन्त्य गर्नु पर्नेमा जोड दिईएको छ ।

कार्यक्रममा प्रमुख अतिथी दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले पर्वको नाममा मानसिकतालाइ नै बिकृत बनाउने गरी काम गर्नु नहुने बताए । कार्यक्रम संयोजक समेत रहेका रामचन्द्र अधिकारी आरसि ले कार्यपत्र प्रस्तुत गरेपछि त्यसलाइ आधार बनाएर इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बा, अधिबक्ता राजनबहादुर ढुंगाना, पत्रकार बिमल लामिछाने लगायतले आफ्नो भनाइ राखेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डा. सुर्यनारायण शाहले होलीको रंग र मदिरा लगायतले पर्न सक्ने असरबारे जानकारी दिएका थिए । कार्यक्रममा नेपाल जेसिजका पुर्व अध्यक्ष प्रकाशप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको दमक जेसिजका अध्यक्ष भीमराज चम्लागाइले बताए । कार्यक्रमको सञ्चालन दमक जेसिजका महासचिब सुयोग खरेलले गरेका थिए ।