रामचन्द्र अधिकारी
उपाध्यक्ष ,दमक जेसीजवर्ष २०१९

पृष्ठभूमि
फागु पूर्णिमा वा होली पर्व बसन्त ऋतुको शुरुवाती चरणमा परापूर्वकाल देखि नै मनाइदै आएको पर्व हो । धार्मिक तथा सांस्कृतिक आयाम बोकेको यो पर्व विशेषत भारत वर्षका राज्यहरु हुदै आजको दिनमा विश्वका विभिन्न मुलुकमा फरक–फरक शैलीले मनाउदै आएको पाइन्छ ।

होली पर्वलाई रंगहरुको पर्वको रुपमा पनि लिइने गरिएको छ । एक आपसमा एकता ,भाइचार तथा सहअस्तित्वको भावनाजगाउनपनि यो पर्वको महत्व रहेको छ । यस पर्वले समाजमा रहेका विभिन्नजाती समुदायहरुलाई एकता बद्ध गर्न समेत महत्व पूर्ण भूमिकानिर्वाह गरेको छ ।

असत्यमाथि सत्यको सधै जीत हुन्छ भन्ने कुरा स्थापितगदै समाजलाई सत्यका पक्षमा एकीकृत हुनगरिएको साझाअपिलको रुपमा होली पर्वलाई लिन सकिन्छ । नेपाली समाजमापनि यस पर्वलाई विभिन्नजाती समुदायले आ–आपनै किसिमले मनाउने गरेको पाइन्छ । पहाडी तथाहिमाली भेगमाहोलीपर्व अर्थात रंगको पर्व पूर्णिमाको दिनमनाउने गरिन्छ , भने तराई भेगमा पूर्णिमाको भोली पल्ट मनाउने गरिएको छ ।

हामी खश पर्वतेहरुले हाम्रो पात्रो अनुसार चतुर्दशी तिथिमा पूर्णिमा तिथि मिसिदा यो पर्व मनाउछौ भने तराइ क्षेत्रमा होलिका दहन गरिने भएकोले पूर्णिमातिथिमा परेवा तिथि मिसिएपछि मनाइने चलन छ ।पहिलो दिन सन्ध्याकालमा होलीका दहन गरिन्छ भने दोश्रो दिन अवीर ,रंग एक अर्कालाई लगाएर खेल्ने काम गरिन्छ ! नेपालको तराई क्षेत्रमा यो चाड मुख्यतः देवर भाउजु बीच रंग खेलीमनाइने चाड भएपनि साथीभाई बीचपनिआपसी मतभेद हटाउन खेल्ने चलन परापूर्व कालदेखि रहेको पाइन्छ ।यसै सन्दर्भमादमक जेसीज र पत्रकार मञ्च दमकको संयुक्तआयोजनामा होली पर्वको महत्व र यससंग जोडिएका विभिन्न पक्षहरुको विश्लेषण तथा अपनाउनु पर्ने सावधान लगायतका बिषयहरुमा सरोकारवाला निकाय तथा पक्षहरुसंग छलफल तथा अन्तरक्रियाको निम्ति यो कार्यक्रमको आयोजना गरिएको हो ।

धार्मिक तथापौराणिक महत्व

होलीमनाउने वैदिक र पौराणिक मतदुवै चलनचल्तीमा छन् ! वैदिककालमा यो पर्व नवान्नेष्टि नामले चिनिन्थ्यो । नेपालको तराई क्षेत्रमा यो दिन खेतमापाक्तै गरेका अधकल्चा अन्नहरू होलीका डढाउन तयार पारिएको अग्निमाअर्पण गरी प्रसाद स्वरुप खाने चलन चलाइएको देखिन्छ जसलाई “ ओराहा भन्ने गरिन्छ ।

त्यसरी पूर्ण रुपमा नपाकेको अन्नलाई “ होला “ भनिन्छ ! नयाँ अन्न“होला “ अग्निलाई अर्पण गरी मनाइने भएकोले यो पर्व होलिकोत्सव “ हुनपुगेको हो । प्राचीन संस्कृत साहित्यमा होलीको वर्णन गरिएको छ ! श्रीमद्भागवत महापुराणमा रशको समूहद्वारा राशको वर्णन ,भगवान कृष्णको लीलाहरुमा होलीको वर्णन , ‘रंग’उत्सवको वर्णन, कालिदाशको “ कुमारसंभवम् “ तथा “ मालविकाग्निमित्रम् “ ऋतुसंहारमा एउटा सर्गनै ‘वसन्तोत्सव’भनेर वर्णित भेटिन्छ !
फागु प्रह्लाद , हिरण्यकशिपु , आगोमा भस्म नहुने होलीकाको कथामा प्रह्लादको अर्थ “ आनन्द “ हुन पुग्छ ।

ऋष र उत्पीड़नको प्रती कहोलीका(बाल्ने दाउरा ) बल्दा प्रेम र उल्लासको प्रतीकप्रह्लाद (आनंद) अक्षुण्ण रहनगएको देखाइएको छ ! होलीपर्व प्राचीनभएपनियसको स्वरुप र उद्देश्य समय संग बदलिदै गएको छ ! प्राचीनकालमा यो पर्व विवाहितमहिलाहरुद्वारा परिवारको सुख समृद्धिकोलागि खेलिन्थ्यो र पूर्ण चंद्रको पूजागरिने चलनथियो । कारण चन्द्रमा यै दिनजन्मिएकाथिए ।होलीकादहनगर्ने दिन सार्वजनिक स्थल या घरको छेउमा झंडा या डंडा गाडी होलीका अग्निको लागि दाउरा जुटाई अन्न डढाईने चलनथियो ।

कंशको निर्देशनमा राक्षशनीपुतनाश्रीकृष्णलाई मार्न जाँदाउसले श्री कृष्णलाई विषपूर्ण दुधपान गराई ! बालकश्रीकृष्णले उसको दूधचुस्दाचुस्दै उ मरी र उसको शरीर पनिलुप्तभयो । नन्दगाउ (मथुरा ) बासीले पुतनाको पुतलाबनाई दहन गरेपछि मथुरामा होली मनाउन थालिएको प्रसंग जोडिएको पाइन्छ भने पार्वतीलाई मद्दत गर्न आएका कामदेव भगवान शिवको तपस्या भंग गर्दा शिवजीको क्रोधबाट भष्महुन् पुगेपछि शिवलाई शान्तगर्न शिव र पार्वतीबीच बिहे गराइएको थियो । कृष्णले गोपिनीको बस्त्र हरण गरेको, विष्णु भक्तप्रल्हादलाई मार्न हिरण्यकश्यपुले आफ्नी बहिनी होलीकालाई आगोमा होमाएको जस्ता पक्षसँग पनि यो पर्वलाई जोडिएको छ ।

फागु पूर्णिमाअर्थात मदनोत्सबवायु पुराण , भविष्य पुराण र महाभारतमा उल्लेखित पर्व हो ! महर्षि नारदको सल्लाहमा तत्कालिन राजा युधिष्ठिरले आफ्ना राज्यमा भएका सम्पूर्ण कैदीहरुलाई उनीहरुकाबाँकी सम्पूर्ण कशुर माफ गरी आजैको दिन अभयदान दिएकाथिए । त्यहि अभयदा नपाएको बेलादेखि फागू पर्व रंग खेलेर उन्मुक्त भावनामा मनाइने चलन चलेर गएको हो पनि भनिएको भेटिन्छ ।

जे सुकै भएतापनि विभिन्न ४ युग ( सत्य ,त्रेता ,द्वापर ,कलीमा होली बिभिन्न किसिमले बेग्लाबेग्लै नामले मनाउदै आइएको पाइन्छ ! यो पर्व वशन्त ऋतुको संदेशवाहक पर्व भएकोले संगीत र रंग यसको प्रमुख अंग हो । फाल्गुण महिनामा मनाइएकोले फाल्गुनीहुदै फागु भनिएको हो । यो पर्व नेपालमा वशन्त पंचमीमा वशन्तश्रवण गरिसके पछी शास्त्रीय रुपमाशुरु भएको मानिन्छ ।

प्रणय ,प्रेम र श्रृगार

फागुलाई मदनोत्सब भनिन्छ । यहाँमदनको अर्थ हो प्रणय ,प्रेम र श्रृंगार । हाँस र हँसाउ , जसले रंग लाइदिन्छ, उसलाई रंग लगाइदेउ , क्षमा गर सहनशील बन यसको मुख्य संदेश हो । फाल्गुण पूर्णिमाचन्द्रमाको जन्मदिनहो ।
नेपालमा फागू पूर्णिमालाई चीर पर्व पनिभन्ने गरिन्छ । फागु सालको परागकण पनिहो ,यसै महिनादेखि सालफुल्न शुरु गर्छ । थारू शब्द फल्ग्वाबाट फागु शब्द ल्याउ दायसको शाब्दिक अर्थ हुन्छ पहेँलो रङ । फाल्गुण पूर्वा फाल्गुनी नक्षत्रहो वायु पुराणका निम्ति फाल्गुनीको अर्थ हो,जुनदिनको संस्कारले व्यक्तिलाई सुन्दर बनाउँछ । फाल्गुन शिवलाई विशेष पुज्ने महिना पनि हो । फाल्गुन सौभाग्य शयनको महिना पनि हो, त्यसैले उन्मत्त हुन्छ फाल्गुने बैंस ! फागु पूणिर्मालाई चन्द्रमाको जन्मदिन पनि मानिन्छ, जुन नेपालका शिवको शिरको गहनापनि ठानिन्छ ।

होलीसंग जोडिएका पक्षहरु

आयुर्वेदका ज्ञाताहरुले प्राकृतिक रुपमातयार पारिएका विभन्नि प्रकारका रंगहरुको प्रयोगबाट स्वास्थ्यलाई समेत फाइदापुग्ने कुरामा जोड्दिएका छन् । प्राकृतिक रंगहरु प्रयोग गरी मिष्ठान भोजन गरी मनाउन शुरु गरिएको होलीपर्व आज सम्म आइपुग्दा फरक ढंगबाट मनाउने गरेको पाइन्छ । हाल बजारमा उपलब्ध हुने विभिन्न रंगहरुमा मानव स्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने तत्वहरुको समिश्रण रहने कुरा बैज्ञानिक पुष्टी भइसेको छ । यसका अतिरिक्त धार्मिक प्रसङहरुसंग जोडेर सेवन गरिने मादकपदार्थ तथा भाङ्ग धतुरो जस्ता पदार्थहरुले मानसिक सन्तुलनमा समेत असर गर्ने र सामाजिकअपराधहरु निम्तिाउने खतरा समेतलाई मध्यनजर गर्दै होलीलाई सास्कृतिक पर्वको रुपमालिइ यस्ता गतिविधिहरुलाई सबै मिलेर निरुत्साहित गर्नु आजको आवश्यकताहो ।

मुलुक संघीय संरचनामा गएपछि तराईका कतिपय जिल्लाहरुलाई पूर्णिमाका दिन र कतिपय जिल्लाहरुलाई त्यसको भोली पल्ट सरकारले सार्वजानिक विदा दिने गरेको र यो शिलशिला यस वर्ष पनिकायम रहेको कारण विभिन्न पेशाकर्मी तथा विधार्थीहरुमा अन्यौलताको स्थित सिर्जना भएको छ ।

तराई, पहाड र हिमालका बासिन्दाबीच विभिन्न तरिकाबाट अलग–अलगभएको वातावरण निर्माण गर्ने कोसिस गरिएको छ । त्यसका पछाडि विभिन्न कारण होलान् यो होली पनि किन दुई दिन मनाउने गरिएको होला? के एकै दिन मनाउन सम्भव छैन ? कम्तीमा चाडपर्वहरू एकै दिन मनाउने गर्ने हो भने आज पहाडको होली र भोली तराईको होली भन्ने शब्द आउने थिएन र यो क्षेत्रीय रूपमा विभाजित समाजलाई एकीकरण गर्न सहयोग पुग्ने थियो कि ?

लेखक अधिकारी

(मंगलवार होलीपर्वको महत्व अवसर र चुनौती बिषय दमकमा भएको छलफलमा अधिकारीले प्रस्तुत गरेको कार्यपत्र)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय