काठमाण्डु, ५ चैत –काभ्रेको रोशी गाउँपालिकाका गोली चलेको छ ।

प्रहरी र सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको हो । विप्लव समूहले बम बनाइरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि उक्त समूहका कार्यकर्ता जाइलागेपछि प्रहरीले प्रतिकार गरेको दाबी उच्च प्रहरी स्रोतको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनास्थलबाट बम बनाउने कार्यमा संलग्न दुईजना पक्राउ परेका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

सरकारले प्रतिबन्ध लगाएपछि देशभर विप्लव समूहविरुद्ध सुरक्षा संयन्त्र परिचालित छ ।