चैत ६, २०७५
जनकपुरधाम – मधेशमा मध्यमा परिक्रमालाई मध्यनजर गर्दै होली मनाइने भएकाले २ नम्बर प्रदेश सरकारले चैत ७ र ८ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री राउतले यस पर्वलाई शान्तिपूर्ण तरिकाले हर्षोल्लासपूर्वक मनाउनका लागि सम्पूर्ण प्रदेशवासीमा हार्दिक आह्वान गरेका छन् ।
होली पर्वले समाजमा विद्यमान आपसी भाइचारा र सद्भावलाई थप बलियो बनाउने विश्वास लिएको मुख्यमन्त्री राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
प्रदेशको अस्थायी राजधानी समेत रहेको जनकपुरको ऐतिहासिक तथा सांस्कृतिक धरोहर मिथिला मध्यमा परिक्रमामा सहभागी भएका सम्पूर्ण साधुसन्त एवं धर्मानुरागीमा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका छन् ।











